सुनचाँदीको मूल्य स्थिर: छापावाल सुन २ लाख ९३ हजार ३०० र चाँदी ४ हजार ४२५ मा कारोबार

डिसी नेपाल
१५ असोज २०८३ ११:३९

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबार कायम भएको मूल्यमै बिहीबार पनि खरिदबिक्री भइरहेको छ।

महासंघले जनाएअनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारकै मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनकै कायम रहँदै प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *