नेपा एपमा दैनिक जीवनमा उपयोगी १० भन्दा बढी नयाँ ‘डिजिटल टुल्स’ थपिए
काठमाडौं। नेपाली प्रयोगकर्तालाई लक्षित गरी सञ्चालनमा आएको ‘नेपा एप’ले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ डिजिटल उपकरण (टुल्स) थप गरेको छ। एपलाई थप सहज, बहुउद्देश्यीय र बहुउपयोगी बनाउने उद्देश्यले यी नयाँ सुविधाहरू समेटिएका हुन्।
नयाँ संस्करणमा उपलब्ध गराइएका सुविधाहरूमा पीडीएफ कागजात स्क्यान गर्ने उपकरण, क्यूआर कोड स्क्यानर, इन्टरनेट गति परीक्षण (स्पीड टेस्ट), महिनावारी चक्र ट्र्याकर, एकाइ रूपान्तरण (युनिट कन्भर्टर), क्याल्कुलेटर, टिपोट तथा रिमाइन्डर, ऋण हिसाब गर्ने उपकरण (इएमआई क्याल्कुलेटर), स्थान पत्ता लगाउने सुविधा (लोकेशन सेयरिङ) र कर हिसाब गर्ने क्याल्कुलेटर लगायतका टुल्स रहेका छन्।
एपको नयाँ संस्करणअनुसार प्रयोगकर्ताले पीडीएफ कागजात स्क्यान गर्ने उपकरणमार्फत मोबाइलबाटै आवश्यक कागजात स्क्यान गरी पीडीएफ फाइल बनाउन सक्नेछन् भने क्यूआर कोड स्क्यानरबाट विभिन्न किसिमका क्यूआर कोडहरू सहजै स्क्यान गर्न सक्नेछन्। त्यसैगरी, इन्टरनेट गति परीक्षण सुविधामार्फत प्रयोगकर्ताले आफ्नो मोबाइल वा वाइफाईको इन्टरनेट स्पीड तत्काल परीक्षण गर्न सक्ने व्यवस्था मिलाइएको छ।
विशेष गरी महिला प्रयोगकर्ताका लागि उपयोगी हुने गरी थपिएको महिनावारी चक्र विवरण राख्ने उपकरणमार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिहरूको अभिलेख राख्न सकिनेछ।
यसका साथै, सम्भावित महिनावारीको दिनबारे जानकारी र पूर्वसूचना (रिमाइन्डर) समेत प्राप्त हुनेछ। दैनिक जीवनमा आवश्यक पर्ने सामान्य गणितीय गणना तथा विभिन्न एकाइहरूको रूपान्तरणलाई सहज बनाउन एकाइ रूपान्तरण र हिसाब गर्ने उपकरणहरू समावेश गरिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment