यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

डिसी नेपाल
५ फागुन २०७९ ९:०७
64
Shares

काठमाडौ, ५ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ।

उता, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ कायम गरिएको छ।

विकास समितिका अनुसार लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ,  चमसूरको साग ५० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ३० रुपैया, परवर तराई  १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ६० र हरियो धनिया ३० रुपैयाँमा किनबेच भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.