सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँड

डिसी नेपाल
५ फागुन २०७९ ११:२०
172
Shares

काठमाडौँ। सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान १० बजे आइपिओ बाँडफाँट भएको हो।

कम्पनीको आइपिओमा१३ लाख २२ हजार ४९२ आवेदकबाट कुल १ करोड ४३ लाख २७ हजार ९२० कित्ताका लागि आवेदन परेको छ। जसमा १३ लाख १८ हजार ३२० आवेदकबाट परेको १ करोड ४२ लाख ७२ हजार ९७० कित्ता सदर भएको छ। भने ४ हजार १७२ आवेदकबाट परेको ५४ हजार ९५० कित्ता बदर भएको छ।

सदर भएको आवेदनमध्ये भाग्यमानी ४१ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

कम्पनीले गत माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ५ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.