करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

डिसी नेपाल
५ फागुन २०७९ १२:२५
8.4k
Shares

काठमाडौं । नायिका करिश्मा मानन्धरलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका छन् ।

विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीविरुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो ।

खनाललाई अदालतबाट म्याद लिई थप अनुसन्धान गर्ने भएको छ । खनालले करिश्मा मानन्धर अमेरिकामा बस्दा विभिन्न व्यक्तिहरुसँग जोडेर चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो ।




प्रतिक्रिया

2 thoughts on “करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

  1. यसलाई ७ बर्ष कैद त ५० हजार जरिवाना तिराएर मात्र छोड्नु पर्दछ। जथाभावी बोल्ने लाइ…. भन्छन नि जोगाउनु थुतुनो कि जोगाउनु……..?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.