अखिलको नयाँ नेतृत्वलाई सपथ गराउँदै दुई महिनाभित्र सबै जनसंगठनको सम्मेलन गर्ने ओलीको उद्घोष
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नभएका जनसंगठनका सम्मेलनहरु दुई महिनाभित्र गर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचिन नयाँ नेतृत्वलाई सपथ गराउदै अध्यक्ष ओलीले चैत्रभित्रै सबै जनसंगठनहरुको सम्मेलन गर्ने र त्यसको सुरुवात अनेरास्ववियुबाट भएको बताएका हुन्।
उनले सम्मेलनहरु अनेरास्ववियु जस्तै लोकतान्त्रीक ढंगले हुने धारणा राखे। त्यस्तै ओलीले स्ववियु निर्वाचनमा एमालेको संगठनसंग टिक्न नसकेर जन्म भएको नेविसंघलाई पराजित गर्नेगरि तयारी गर्न निर्देशन दिए।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पसमा अनेरास्ववियुलाई बिजयी गराउने गरि तयारी गर्न पनि उनले निर्देशन दिए।
झण्डै सात बर्षपछि भएको अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका थिए। त्यस्तै संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।








डिसी नेपाल








Facebook Comment