ओलीसँगको भेटपछि प्रधानमन्त्रीले भने- गठबन्धन भत्किंदैन, राष्ट्रपतिमा सहमति हुन्छ

डिसी नेपाल
५ फागुन २०७९ १८:४४
324
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन्।

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन्।

गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय केही दिनमै टुंगोमा पुग्ने उनको भनाइ छ। गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ।

राष्ट्रपतिमा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ। दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.