आज नेप्से बन्द, सेयर कारोबार नहुने
काठमाडौँ। आज (आइतबार) सेयर बजार बन्द हुने भएको छ।
सरकारले फागुन ७ गते (आइतबार) प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।
अब सेयर बजार सोमबार बिहान ११ बजे खुल्नेछ। यसअघि बिहीबार सेयर बजार घटेको थियो। बिहीबार नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा पुगेर रोकिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment