आइतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
७ फागुन २०७९ १०:५०
132
Shares

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.