नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी रिहा

डिसी नेपाल
७ फागुन २०७९ ११:०४
76
Shares

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्।

टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी आइतबार रिहा भएका हुन्।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

एक दशक अगाडीका सो मुद्धा अनुसार ६ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.