१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने

डिसी नेपाल
८ फागुन २०७९ ७:३८
32
Shares

काठमाडौं। केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे। यसअघि नै जारी सुचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो।

बैंकका अनुसार कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ।

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.