जीवन विकास लघुवित्तको ३७.३७ प्रतिशत लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। जीवन विकास लघुवित्तले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको २८ प्रतिशतले हुन आउने २८ करोड ९५ लाख ९८ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर र ९.३७ प्रतिशतले हुन आउने ९ करोड ६८ लाख ९५ हजार ७०५.२४ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment