सेयर बजार राताम्मे, २३.६० अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
८ फागुन २०७९ १५:१७
52
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९१ अङ्कले घटेर ३९१.५४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन र जीबन विकास लघुवित्तको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र दोदी खोला जलबिद्युतका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, जीबन विकास लघुवित्त र उपकार लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.