सुनको मूल्य घट्यो, चाँदी स्थिर

डिसी नेपाल
९ फागुन २०७९ ११:१७
440
Shares

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.