बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१० फागुन २०७९ ९:११
576
Shares

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ ९९ पैसा र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ १८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८२ पैसा र विक्रीमा १० रुपैयाँ ८६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.