मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन्।
कम्पनीले फागुन ४ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो।कम्पनीले जारी गर्ने २७ लाख २८ हजार ५०० कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियो।
अब बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment