नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१० फागुन २०७९ १०:२१
84
Shares

काठमाडौँ। नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बन्क्लेसंस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४७५ रुपैयाँ तोकेको छ । यसमा लगानीकर्ताले ४७५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य बोलकबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।

यस सेयरमा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजार कित्ताको गुणनमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। खरिद आवेदन यही फागुन २५ गतेसम्म दिन सकिनेछ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाडौँको कमलपोखरीस्थित कार्यालयमा गएर आवेदन फारम बुझाउन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.