सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
१० फागुन २०७९ १०:३९
36
Shares

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषण गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६३ प्रतिशत लाभांश दिए निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.०५२६३ प्रतिशतले हुन आउने १ करोड ४५ लाख ८९ हजार ४७४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.