बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक जारी

डिसी नेपाल
१२ फागुन २०७९ ९:४१
224
Shares

काठमाडौँ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शिर्ष नेतृत्वको उपस्थिति रहेको छ।

नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शिर्ष नेताहरुको बैठक सुरु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.