बालुवाटारमा जारी चार दलको बैठक विना निष्कर्ष टुंगियो
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बालुवाटार बैठक विना निष्कर्ष टुंगिएको छ ।
राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले ठोस सहमति जुटाउन नसकेको बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शिर्ष नेतृत्वको उपस्थिति रहेको थियो।
नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पदमा आफ्नो दाबी गरिरहेका बेला सहमति खोज्ने प्रयास गर्न बसेको बैठक फेरि पाँच बजे बस्ने बताइएको छ ।







डिसी नेपाल








Facebook Comment