संसद बैठक जारी : हात्तीकाे आतंक नियन्त्रण गर्न माग

डिसी नेपाल
१२ फागुन २०७९ १४:२४
36
Shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन्।

बैठककै सुरुवातमै सांसद महेशकुमार बर्ताैलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गरे।

तीन दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै उनले तत्काल यमगज नामक हात्तीको आतंक नियन्त्रण र मृतकको परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.