बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी, जनमत, नाउपा र लोसपा पनि मिसिए

डिसी नेपाल
१२ फागुन २०७९ १९:००
1.1k
Shares

काठमाडौं। भावी राष्ट्रपतिका विषयमा सहमति जुटाउन बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी छ। पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल लगायत नेकपा (माओवादी केन्द्र), कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साँढे २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्किएलगत्तै नेताहरु बालुवाटार पुगेका हुन्।

शुक्रबार बिहान चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन।

बिहान बसेको चार दल र त्यसपछि चार दलले अरु दल बोलाएर छलफल गरेको हो।

बिहान बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए। उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्पबारे छलफल भएको र अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी छ।

भोलि फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार मनोनयनको मिति तय भइसकेको अवस्थामा दलहरुले राष्ट्रपतिको उम्मेदवार सो समयअघि साझा सहमति जुट्नुपर्ने बताउदै आएका छन्। राष्ट्रपतिमा माओवादी केन्द्रले राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.