आठ दलको बैठकमा प्रधानमन्त्रीले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो

डिसी नेपाल
१२ फागुन २०७९ २०:२५
2.1k
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्।

प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन्।

‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठक पछि भने।

उनका अनुसार नेकपा एसका नेता ज्वालाका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन्।

आठ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी भएका थिए।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ।

आज बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँत्याउने सहमति गरेको थियो। नेकपा (एमाले)ले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो।

तर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका थिए।

 




प्रतिक्रिया

2 thoughts on “आठ दलको बैठकमा प्रधानमन्त्रीले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो

  1. नेपाली राजनीति मा इमानदारीताकाे खडेरी परेको अहिले देखि हैन,यो त संस्कार नै बनिसकेको छ,कसैले कसैको बिश्वास गर्ने र भर पर्ने तावरण अब कहिले बन्दैन ।यो घटना मा खड्गपर्साद लाई राम्रोसँग झापड हाने पर्चन्नले।

  2. नेपाली राजनीति मा इमानदारीताकाे खडेरी परेको अाज मात्रै हैन,यो घटना मा राम्रोसँग खड्ग पर्साद लाई राम्रोसँग झापड हाने पर्चण्न ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.