आत्मनिर्भर लघुवित्तको आईपीओ भने आज अन्तिम मौका

डिसी नेपाल
१५ फागुन २०७९ ११:००
72
Shares

काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने अन्तिम दिन रहेको छ। संस्थाको यस आईपीओमा लगानीकर्ताले बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छन्।

संस्थाले फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला भएको थियो।संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको छ।

संस्थाले बाँकी रहेको आईपीओमध्ये ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.