सेयर बजार ३.६५ अंकले घट्यो, १ अर्ब ८९ करोडमाथिको कारोबार

डिसी नेपाल
१५ फागुन २०७९ १५:१३
64
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा घटेको छ। सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८५ अङ्कले घटेर ३८३.०० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ६ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारमा स्वाभिमान लघुवित्त र समलिंग पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.