समयसिमा भन्दै चार महिना अघि नै माछाखोलावाट विद्युत उत्पादन सुरु

डिसी नेपाल
१६ फागुन २०७९ ७:४९
96
Shares

गोरखा। माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन समय सिमा भन्दै चार महिना अघिबाट नै सुरु भएको छ।

धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको आयोजनावाट चार महिना अघि नै उत्पादन सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोृजनाको सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विधु उत्पादनको उद्घाटन गरेका छन्।

विधुत प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विधुत उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको हो।

सो क्षेत्रका सांसद बजगाईंले १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्नेमा जोड गर्दैै त्यसका लागि गोरखामा जग्गाको कुनै समस्या नरहेको जानकारी प्रधानमन्त्री दाहाललाई दिएका थिए। बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुन थालेकोतर्फ प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका छन्।

गैरआवसीय नेपालको मुख्य लगानी र स्थानियको सहयोगमा सो आयोजना निमार्ण भएको हो। जलविद्युत् कम्पनीका गैर आवासीय नेपाली संघका सचिव खगेन्द्र न्यौपानेलेले सरकारले एनआरएनलाई लगानी गर्ने बातावरण बनाए। अन्य क्षेत्रमा पनि लगानी भित्रयाउन सकिने जनाएका छन्।

करिब एक करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको न्यौपानले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.