मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको थियो।
युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २१ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment