समीट लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
१६ फागुन २०७९ १०:२८
44
Shares

काठमाडौँ। समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.७१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

संस्थाले चुक्ता पूँजीको १३.५६ प्रतिशतले हुन आउने ६ करोड ७० लाख रुपैयाँ र कर प्रयोजनार्थ ०.७१ प्रतिशतले हुन आउने ३५ लाख २६ हजार ३१५.७९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.