सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको एकीकृत कारोबार ३० फागुनदेखि
काठमाडौं। सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको एकीकृत कारोबार ३० फागुनदेखि सुरू हुने भएको छ।
दुवै लघुवित्त मर्जर प्रक्रियामा गएपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै लघुवित्तको असोज ७ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए।
नेपाल राष्ट्र बैंकले गत पुस ७ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन १५ गते मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।
एकीकृत कारोबार प्रयोजनार्थ यही फागुन २८ गते र फागुन २९ गते दुई दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment