आशा लघुवित्तकाे लाभांश दर संशोधन

डिसी नेपाल
१६ फागुन २०७९ १४:२५
64
Shares

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ ।

माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ। कम्पनीले फागुन १५ गते आफ्नो चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.