सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स बुधबारबाट एकीकृत कारोबार

डिसी नेपाल
१६ फागुन २०७९ १४:४६
40
Shares

काठमाडौँ। सिद्धार्थ र प्रिमियर इन्स्याेरेन्स एक आपसमा बुधबार मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएको छ।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार गर्ने छन्। बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएकोले गर्दा दुवै कम्पनीको कारोबार रोक्का भएको छ।

यसैगरी, सिद्धार्थ र प्रिमियर इन्सुरेन्स कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ। बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो।

मर्ज हुनका लागि बिमा प्राधिकरणले सिद्धार्थ र प्रिमियरलाई (१ः१) सेयर अनुपातमा स्वीकृति दिए सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो। यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.