यस्तो छ हरियो तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
१७ फागुन २०७९ ८:५५
92
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा पफलपफुलकाे मूल्य सार्वजनिक गरेकाे छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेकाे छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएकाे छ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेकाे छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएकाे छ।

ब्रोबाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया २० रुपैयाँ पाइने समितले जनाएकाे छ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.