सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
१७ फागुन २०७९ १०:२२

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजी ७९ करोड १९ लाख ८४ हजार ७९० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ९७ हजार ७१८.५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

साबिक वोमी लघुवित्त र सूर्योदय लघुवित्त आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार भएको मितिबाट २ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था भएकोले बोनस सेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

यसका साथै एकीकृत कारोबार सुरु भएको मितिभन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले भने लाभांश करबापत नियमानुसार रकम भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *