२४.४४ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब २८ करोडमाथिको कारोबार

डिसी नेपाल
१७ फागुन २०७९ १५:१३

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा घटेको छ। बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावर अग्रिम स्थानमा छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा आदर्श लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बोटलर्स नेपाल (तराई) र सिवाईसी नेपालका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *