बिहीबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१८ फागुन २०७९ ९:११

काठमाडौँ। बिहीबार पनि अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा रहेको थियो।

युरोपियन युरोको मूल्य बढेको छ। युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा कायम गरिएको छ। बुधबार युरोपियन युरोको एकको खरिददर १३९ रूपैयाँ ४० रूपैयाँ ०५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा रहेको थियो।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ०३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ २२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *