गरिवलाई मारेर लघुवित्त मोटाउन थालेकाे भन्दै ऋणीहरू आन्दोलनमा

डिसी नेपाल
१९ फागुन २०७९ ७:४४

बारा। बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन्। लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन्।

बारामा एकै व्यक्तिलाई समूह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पीडितहरु संगठित बाध्य भएर लघुवित्त संस्था खारेज गर ऋणाी मार्ने काम बन्द गरजस्ता नारा लगाएर बिरुद्ध प्रदर्शनमा जम्मा हुन थालेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन्। उनले आफुले १ लाखको ऋण लिदा लघुवित्त संस्थाले ५ लाख सम्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताएकी छिन्। आफूले पटक पटक किस्ता तिरे पनि साँवा रकम कहिले पनि नघट्ने गरेको उनी बताउँछिन्।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ। १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन्। ऋणीको रकम हातमा ९० हजार पुग्छ।

अर्का लघुवित्तबाट पीडित बनेकी जीतपुरका राम कोशिला देवीले रुँदै भनिन्, ‘मेरो छोराले जति कमाएर लिएको ऋण तिरे पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गएपछि मेराे दैनिकी गुजारा गर्ने पनि समस्या भएको छ रछोरा डरले सधैं राति मात्रै घर आउने गर्छ।’

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौं रहेको रहेको छ। लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन।

बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन। प्रक्रिया नै झन्झटिलो छ। वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाको मना बिश्वकर्मा यतlबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन्।

एक वर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ। आफ्नो नाममा एक धुरसमेत जमिन नभएका मना बिश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छन्।

उनी काम पाएको बेला कहिले लेबरमा काम गर्छिन् भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ति जाने गर्छिन्। लघुवित्तबाट कर्मचारी घरमा आउँदा जसरी भए पनि पैसा तिर्न मानसिक तनाव दिने गरेको समेत उनले बताएकी छिन्।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन। राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन्। अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ।

अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादती बिरुद्ध संघर्ष कमिटीको संयोजक कमलेश साह बताउँछन्।

छिटो-छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ। ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन्, ‘ऋण कति पुग्यो भन्ने बारे ऋणीहरुलाई थाहा नै हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *