अमेरिकी डलरको मूल्य बढ्यो, युरोको घट्यो

डिसी नेपाल
१९ फागुन २०७९ ९:१६

काठमाडौँ। शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको थियो।

युरोपियन युरोको मूल्य घटेको छ। युरोपियन युरोको एकको खरिददर १३९ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४० रूपैयाँ ६१ पैसा कायम गरिएको छ। बुधबार युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा रहेको थियो।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०८ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रूपैयाँ २८ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६४ पैसा र विक्रीमा १० रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४६ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *