इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर

डिसी नेपाल
१९ फागुन २०७९ ९:५५

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ।

यस अफर अन्तरगत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्ने छन्। यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन्। साथै १० हजाले एक हजार सम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्नेछन्।

यस उपहार योजनामा सहभागी हुनको लागि इसेवा मोबाईल एप्समार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ। साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नुहुनेछ। यसैगरी रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक विहिवार घोषणा गरिनेछ। यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *