सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१९ फागुन २०७९ १०:५९

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला १ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ।  चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *