रंगेलीमा कृषि विकास बैकको एटीएम सेवा

डिसी नेपाल
२० फागुन २०७९ १६:०८

मोरङ । कृषि विकास बैंक लिमिटेडले रंगेली शाखामा एटीएम सेवा सुरु गरेको छ । बैकका उपमहाप्रबन्धक प्रताप सुवेदी तथा रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले शुक्रवार संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुवेदी तथा नगरप्रमुख अग्रवालले एटीएमको महत्व बारे प्रकाश पारेका थिए । बैकका कोसी प्रदेश कार्यालय निर्देशक रन्जन खनालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा योजना बिभाग काठमाडौका वरिष्ठ शाखा प्रमुख बेदानन्द दाहाल, शाखा कार्यालय रंगेलीका प्रबन्धक उग्रसेन खा थारु, कर्मचारीहरु,ग्राहक तथा स्थानीयको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *