राष्ट्र बैकले १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

डिसी नेपाल
२१ फागुन २०७९ ८:०३

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपैयाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो। यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ।

जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ। आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेवाट अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *