सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२१ फागुन २०७९ १०:५५

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *