‘स्लेट ढुङ्गा’को माग बढ्यो

डिसी नेपाल
२२ फागुन २०७९ १४:३०

जाजरकोट। भेरी नगरपालिका महतारा गाउँ, जुनिचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ। यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ।

यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ। पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्वल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ। विगतमा ढुङ्गा–माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, विछ्याउने कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन्।

सो स्लेट सबैभन्दा बढी नेपालगन्ज र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौँ, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगन्जलगायतका सहरबाट बिक्री हुने जनाइएको छ। स्लेटको माग अत्यधिक भएकाले माग धान्नै मुस्किल भएको सञ्चालक महेन्द्र शाहीले बताए। उनले वार्षिक २५ ट्रक बिक्रीका लागि पठाउने गरेको र विद्युत्को केन्द्रीय लाइन पुगेकाले काम गर्न सहज भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *