मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ फागुन २०७९ ९:१७

काठमाडौँ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ  घटेर  खरिददर १३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ। सोमबार युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७८ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा ,अष्ट्रेलियन डलर एकको खरिद ८८ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४८ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६२ पैसा र विक्रीमा १० रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ , कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३६ रुपैयाँ र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २० पैसा र बिक्रीदर २९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *