उपराष्ट्रपतिमा फरक लिंग वा समुदायकाे उम्मेदवार अनिवार्य!

डिसी नेपाल
२६ फागुन २०७९ १२:३६
188
Shares

काठमाडाैं। निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिंग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्नेछ। उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ। निर्वाचन चैत ३ गते हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.