सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिच्यो : अध्यक्ष ओली

‘उपराष्ट्रपति पदमा एमालेले जित्छ’

डिसी नेपाल
३० फागुन २०७९ १७:४९
32
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका छन् ।

उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको संघ तथा प्रदेशका सांसदहरुसंगको छलफल कार्यक्रममा ओलीले संविधानको अक्षरमा त्रुटी हुन सक्ने भन्दै सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने भावना संविधानको रहेको तर सत्ता गठबन्धनले त्यसलाई वेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका हुन् ।

अहिले १० दलीय नेताहरुले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको उनको भनाइ छ । उनले संविधानको व्याख्या सम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने धारणा राखे । राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको उनले बताए ।

त्यस्तै ओलीले उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार भएको भन्दै त्यसका बारेमा अहिले चर्चा गरे समिकरण भत्किन सक्ने बताए । ओलीले गठबन्धन भित्र अनेक प्रकारका समस्याहरु रहेको र एमालेभित्र कुनै समस्या नरहेकाले पनि उपराष्ट्रपतिमा एमालेका उम्मेदवारको विजय हुने जिकिर गरे ।

ओलीले अरु निजी स्वार्थका लागि केन्द्रीत भएपनि एमाले सवल राष्ट्रिय शक्ति स्थापीत गर्नका लागि लागेको धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.