जसपाका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा भोट दिने कांग्रेसको निर्णय
काठमाडौं। नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवलाई सघाउने गर्ने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए।
पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्नेका लागि निर्देशन गरेको समेत दिएको उनले बताए।
उनले भने, ‘उपराष्ट्रपति पदको यही २०७९ चैत्र ३ गते हुने निर्वाचनमा गठवन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनु भएका जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणि समिति सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसदका माननीय सदस्य एवं प्रदेश सभाका माननीय सदस्यहरुलाई यादवकै पक्षमा मतदान गर्न निर्देश गरेको छ।’
चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।









डिसी नेपाल







Facebook Comment