मधेस प्रदेशको शिक्षा मन्त्रालयद्वारा १६ बुँदे कार्ययोजना सार्वजनिक

डिसी नेपाल
१ चैत २०७९ १३:३४
40
Shares

काठमाडौं। मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासलागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन्।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजना सार्वजनिक गर्दै आगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताएका हुन्।

मन्त्री यादवले मधेस प्रदेशको साक्षर दर दिनप्रतिदिन खस्किरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेशमा वाणिज्य क्षेत्रको विकासका लागि हालसम्म कुनै ठोस काम नभएको बताएका छन्।

उनले आफूले पदभार ग्रहण गरेको दिनदेखिनै प्रदेशलाई साक्षर प्रदेश बनाउने संकल्प गरेकोले अबका दिनमा पूर्ण समर्पित भएर उक्त काममा लाग्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.