सांसद चयन गर्न जसपाले बोलायो कार्यकारिणी समिति बैठक
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। बैठक पार्टी कार्यालयमा बस्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment