सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश गरिने

डिसी नेपाल
५ चैत २०७९ ८:३०
12
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक-०७९ पेश गर्ने कार्यसूचि रहेको छ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकले विधेयक आइतवार बस्ने प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठक अइतवार १ बजे बस्ने भनिएको छ। पेश गर्न लागिएको विधेयक तेस्रो संशोधित हो।

विधेक संशोधनका लागि अघिल्लै प्रतिनिधि सभाको बैठकमा पेश गरिएको थियो। तर, थप छलफल गरिनु पर्ने भएपछि सभाले विधेयक सम्वन्धित समितिमा पठाएको थियो। छलफलकै क्रममा निर्वाचन घोषणा भएपछि विधेयक माथिको छलफल स्थगित भएको थियो।

द्वन्द्वका क्रममा थालि रहेका विषय चाँडो निरुपण गर्न तथा विधेयक बारे चाँडो निकास दिन सर्बोच्च अदालतले समेत सरकारलाई आदेश गरेको छ। सोही पृष्ठभूमिमा सरकारले विधेयक संसदमा पेश गर्न लागेको हो । एमालेले भने विधेयकमा थप छलफल गरिनु पर्ने दलिल पेश गर्दै पुनः संसदीय समितिमा पठाउनु पर्ने माग राखेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.